ad

इपीएल : काठमाडौंको विजयी सुरुवात, ललितपुर ७ विकेटले पराजित

शनिबार, आश्वीन ९ २०७८
image

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको पहिलो खेलमा काठमाडौँ किङ्स–११ ले ललितपुर प्याट्रिओट्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँले ललितपुरलाई ७ विकेटले हराएको हो ।

काठमाडौँले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन जोडेको थियो ।

ललितपुरका लागि पवन सर्राफले सर्वाधिक ६१ रन बनाए। यस्तै योगेन्द्र सिंह कार्कीले ३३, रणजंग मिक्यो दोर्जीले १७, शंकर रानाले १४ र नारायण जोशीले १२ रन बनाए ।

बलिङतर्फ काठमाडौँका जितेन्द्र मुखियाले ४, गुल्सन झाले २ र रियान बुर्लले २ विकेट लिए ।

१५८ रनको लक्ष्य लिएर जवाफी व्याटिङ गरेको काठमाडौँले १४ ओभर दुई बलमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । उसका लागि रियान बुर्लले नटआउट ७३ रन बनाए । यस्तै रहमानुल्लाह गुरबाजले ५९ र राजु रिजालले १९ रनको योगदान दिए ।

ललितपुरका पवन सर्राफले एक विकेट लिए ।

ad
ad
ad