ad

काठमाडौंले जित्यो नेपाल सुपर लिगको उपाधि

शनिबार, जेष्ठ १ २०७८
image

काठमाडौं : पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सलले जितेको छ । फाइनल खेलमा धनगढी एफसीलाई १-० गोल अन्तरले हराउँदै काठमाडौं उपाधि जित्न सफल भएको हो ।

दशरथ रंगशालामा भएको खेलमा काठमाडौंको जितमा विदेशी स्ट्राइकर मेसौकेको एकमात्र गोल निर्णायक बन्यो । खेलको सुरुवाती २० मिनेटमा दुबै टिमले डरलाग्दो आक्रमण बनाउन सकेनन् । दुबैले केहि मौका पाएपछि सबै प्रहार पोष्ट भन्दा निकै बाहिर रहे ।

तर खेलको २२ औं मिनेटमा काठमाडौंले खेलमा अग्रता लियो । उसका लागि मेसौकेले गोल गर्न सफल भए । उनले धनगढीका दुई जना डिफेन्डरविचबाट आएको बललाई गोलमा परिणत गरे । जारी प्रतियोगितामा उनको यो आठौं गोल हो ।

फाइनल खेलको इमर्जिङ खेलाडी काठमाडौं रेजर्सका राजन गुरुङ बने । यस्तै फाइनल खेलको सुपर प्लेयर अफ दी म्याच काठमाडौंका फ्लोरेन्ट बने । उनले २५ हजार रुपैयाँ पाए ।

उपाधिसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पायो भने धनगढीले १५ लाखमा चित्त बुझायो ।

ad
ad ad