ad

क्योकुसिन करातेका कीर्तिमानी खेलाडी रामजी प्रसाद बज्राचार्यको स्मृतिमा प्रतिष्ठान कोष स्थापना हुने

जीएनएन
आइतबार​, जेष्ठ २ २०७८
image

लन्डन -- कोरोना भाइरसको सङ्क्रमणका कारण निधन भएका क्योकुसिन करातेका बरिस्ट  प्रशिक्षक तथा कीर्तिमानी खेलाडी रामजी प्रसाद बज्राचार्यको स्मृतिमा खेलाडीहरुलाई प्रोत्साहन र पुरस्कृत गर्न एक स्मृति  प्रतिष्ठान कोष  स्थापना हुने भएको छ । 

“प्रतिष्ठान कोष” को लागि  नेपाल लगायत विश्व क्योकुसिन कराते परिवारद्वारा गठित आर्थिक समितिले आर्थिक सहयोग गर्न नेपाल लगायत विश्वभर  रहेका खेलाडीहरु तथा खेलप्रेमी समुदायहरुका लागी UNKA को मेघा बैंक खाता नं A\C : 08800100068082 वा  स्वर्गीय रामजी प्रसाद बज्राचार्यको छोरा जेनीस वज्रचार्यको  प्रभु बैंक खाता नं A/C : 0420085506200011 मार्फत सहयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ।  कोषमा जम्मा भएको रकम पारदर्शी रुपमा संघले कोषमा राखेर संचालन गर्ने बताईएको छ । 

विश्वभर छरिएर रहेका क्योकोसिनका प्रशिक्षक तथा  खेलाडीहरुको  संजाल  वर्ल्ड युनाइटेड नेप्लिज क्योकोसिन एडभान्समेन्ट WUNKA  मार्फत हाल सम्म  करिब १० लाख रुपियाँ  संकलन भई सकेको उपाध्यक्ष सुरज कार्कीले बताए ।    

संकलित रकम मध्ये कोषमा  क्यानाडा निवासी संस्थाका अध्यक्ष भीमसेन कार्कीले ५लाख २५ हजार सहयोग गरेका छन् । उनले कबुल गरेको रकम मध्ये बाट  प्रत्यक बर्ष १ लाखका दरले प्रतियोगितामा  प्रदान गर्ने बताईएको छ   । कोषमा  बिश्वभरबाट सहयोगको क्रम जारी रहेको र प्रतिष्ठानको कोषमा ५० लाख जम्मा गर्ने योजना रहेको  बेल्जियम निवासी सुदर्शन सिमखड़ाले जनाए । संस्थाले स्थापना गर्न लागेको उक्त कोषका संयोजक संस्थाका बरिस्ट उपाध्यक्ष अस्ट्रेलिया निवासी  सुरज श्रेष्ठ रहेका छन् ।  संस्थाको गत ५ मे मा  बसेको भर्चुअल बैठकबाट स्वर्गीय बज्राचार्य प्रति श्रद्धान्जली अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गर्दै उक्त कोषको स्थापना गर्ने निर्णय गरको थियो ।  

क्योकुसिन कराते स्थापना काल देखिका  प्रथम ब्याचका  खेलाडी बज्राचार्यलाई गत १६ गते कोरोना सङ्क्रमित भएपछि उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य स्थिति खराब भएपछि गत बैशाख  १९ गते बज्राचार्यलाई थप उपचारका लागि नेपाल एपीएफ अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गर्दागर्दै उनको  देहान्त भएको थियो  ।

स्व. बज्राचार्यले सन् १९८२ मा सिंगापुर र १९८४ मा इन्डोनेसियामा भएको अल एसिया फुल कनट्याक्ट कराँते च्याम्पियनसिपमा सहभागिता जनाएका थिए ।

इन्डोनेसियामा भएको प्रतियोगितामा  उनले कांस्य पदक जितेका थिए  । २०३९ सालदेखि क्योकुसिन कराँते खेल्न थालेका स्व. बज्राचार्य २ पटक आफ्नो तौल समूहमा राष्ट्रिय च्याम्पियन बनेका थिए    ।

नेपाल फुल कनट्याक्ट कराँते महासङ्घका वरिष्ठ उपाध्यक्ष स्व. बज्राचार्यको २०१२ साल वैशाख २६ गते ललितपुरको सातदोबाटोमा जन्म भएको थियो । स्व. बज्राचार्यका श्रीमती, १ छोरा र २ छोरी छन् ।

ad
ad ad