ad

रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा उक्लियो

एजेन्सी
शुक्रबार​, बैशाख ३१ २०७८
image

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको छ ।

विहीबार राति भएको खेलमा मड्रिडले ग्रानडालाई ४–१ गोल अन्तरको जित दर्ता गरेको हो । यो जितसँगै बार्सिलोनालाई २ अंकले पछि पार्दै मड्रिड तालिकको दोस्रो स्थानमा उक्लिएको छ ।

ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड ८० अंकका साथ रहेको छ भने रियलको ७८ अंक पुगेको छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ अंक रहेको छ ।

Image

रियलको जितमा लुका मोड्रिच, रोड्रिगो गोएस, अल्भारो ओड्रिओजोला र करिम बेन्जेमाले एक एक गोल गरे ।

१७ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा रोड्रिगोले गोल गरेपछि रियलले २–० को अग्रता लिएको थियो । जोर्ज मोलिनाले ७१ औं मिनेटमा गोल गर्दै ग्रानडाको अन्तर २–१ मा झारेका थिए ।

ओड्रिओजोलाले ७५ औं र बेन्जिमाले ७६ औं मिनेटमा गोल गरेपछि रियल ४–१ गोल अन्तरले विजयी हुन पुग्यो ।

ला लिगा अन्तर्गत नै भिल्ला रियलले रियल भालाडोलिडलाई २–० गोल अन्तरले पराजित गर्दा इबार र रियल बेटिसले भने एक एक गोलको बराबरी खेलेका थिए ।

ad
ad ad