ad

अमेरिकामा हुवावेमाथि नयाँ प्रतिबन्ध

मङ्गलबार, जेष्ठ ६ २०७७
image

काठमाडौँ । चिनियाँ कम्पनी हुवावेमाथि बन्देज लगाइरहेको अमेरिकाले थप नयाँ प्रतिबन्धको घोषणा गरेको छ।

सेमिकण्डक्टर प्रविधिमाथि हुवावेको पहुँचलाई सिमित गर्ने उद्देश्यका साथ अमेरिकाले हुवावेमाथि नयाँ निर्यात प्रतिबन्धको घोषणा गरेको छ।

यो नयाँ प्रतिबन्धपश्चात् चिप डिजाइनमा अमेरिकी प्रविधि तथा सफ्टवेयरको प्रयोग गर्ने सेमिकण्डक्टर निर्माताहरूले अमेरिकी सरकारको अनुमतिविना हुवावेलाई आफ्ना उत्पादन बेच्न पाउने छैनन्।

हुवावे कम्पनी आफ्नो राष्ट्रिय सुरक्षामाथि खतराको रूपमा रहेको भन्दै अमेरिकाले हुवावेमाथि विभिन्नखाले बन्देज लगाउँदै आएकोमा पछिल्लोपटक नयाँ निर्यात प्रतिबन्ध लगाएको हो।

ad
ad
ad