ad

क्लासिक टेकका कर्मचारीलाई कोरोना बीमा

मङ्गलबार, जेष्ठ ६ २०७७
image

काठमाडौं । क्लासिक टेक प्रालिले हाल कार्यरत कर्मचारीहरुको कोरोना बीमा गरेको छ।

यस्तो विषम परिस्थितिमा इन्टरनेट सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा पीपीई र सुरक्षा उपकरण प्रयोग गर्दै खटिरहेका छन्। 

त्यसैलाई ध्यानमा राखेर क्लासिक टेक प्रालिले आफ्ना कर्मचारीको कोरोना बिमा गराएको हो। लकडाउनको समयमा प्रायः सबै कम्पनीका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेका छन्। 

तर, कम्पनी र कार्यालयलाई मात्र इन्टरनेट सेवा जरुरत नभई आमजनताका जीवन मा पनि इन्टरनेटको सेवा अत्याबश्यक भएको छ।

ad
ad
ad