ad

गुरुङ्ग निर्देशित गोर्खा १०० किमि ट्रेलमा आर्मी टिमलाई टक्कर दिने नेपाल रन टिमको डकुमेन्ट्री सार्वजनिक

सोमबार, माघ १५ २०८०
image

लण्डन —बेलायतमा हुने गोर्खा १०० किमि ट्रेल वाकर अन्तरास्ट्रिय स्तरको प्रतियोगितामा सहभागी नेपाल रन समूहका ४ जना प्रतियोगी हरुको यथार्थ  कथामा  आधारीत डकुमेंट्री सार्वजनिक  भएको छ । लव गुरुङ द्वारा निर्देशित तथा निर्मित उक्त डकुमेन्ट्रीमा हाल सम्म कहिले पनि सिभिलियन टिमले च्यालेंन्ज गर्न र जित्न नसकेको परम्परालाई  ४ जना सिभिलियनको समूहले कसरि कठिन तालिम र प्रयास मार्फत सहभागी भए भन्ने यथार्थ कथा समेटिएको छ ।

४ जना धावकहरु  मध्ये सन्तोष राई , पदम कुँवर, प्रकास गुरुङ र किरण बुढाको आफ्नै व्यक्तिगत संघर्ष, शक्ति र कमजोरी हुँदा हुदै पनि कसरि यस्तो कठिन च्यालेन्जमा एकताका साथ अघि बढे भन्ने मुख्य संदेश बोकेको छ ।  

नेपाल रन युकेको संयोजनमा गत आइतवार १०० बढी धावकहरुले फार्नबोरो हाफ म्याराथन गरेका थिए । रण्डरबोल्ट र हाम्रो रनका सदस्य हरु सहित  उक्त दौड पश्चात करिब १५० धावकहरुको उपस्थितिमा अल्डरसट एम्पायर बिल्डिंगमा डकुमेन्ट्रीको  प्रिमियर गरिएको थियो । 

सो पश्चात प्रश्न उत्तरमा दौड र मोटिभेसन सम्बन्धि प्रश्न र जिज्ञासाहरुको उत्तर नेपाल रन क्लबका  कोच सन्तोष राई लगायातले दिएका थिए ।  निर्देशक गुरुङले डकुमेन्ट्री निर्माणमा सहयोगी टिमलाई धन्यवत व्यक्त गर्दै आगामी दिनमा  समाजमा रहेका यथार्थ कथाहरुको यस्तै डकुमेन्ट्रीहरु बनाउदै जाने लक्ष रहेको बताए । कार्यक्रममा नेपाल रनका संयोजक पाण्डव महतोले सम्पूर्ण धावकहरुलाई बधाई दिदै ४ प्रतियोगीहरुलाई सम्मान गरेका थिए । 

Watch full documentary : 

ad
ad
ad