काठमाडौँ - गैरआवासीय नेपाली सङ्घ रुवाण्डामा दोश्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष रमेश प्रसाद शर्माले 'रुवान्डा एयरलाई नेपालसम्म पुराउन प्रयास गर्ने जनाएका छन्।
"रुवान्डा एयरले अहिले भारतमा नियमित उडान गरिरहेको छ। त्यो उडानलाई नेपालसम्म पुराउन पाए दुइ देशबीच व्यापार, लगानी र पर्यटन प्रवर्द्धन गर्न मदत पुग्नेछ," उनले भने। उनले पूर्वी अफ्रिकामा नेपाली दूतावास स्थापना गर्नका लागि पनि आफुले पहल गर्ने बताए।
शर्माले नेपालबाट अफ्रिकी मुलुकहरुमा मानव तस्करी बढीरहेको भन्दै त्यस विरुद्ध पनि आफुहरुले अभियान चलाउने बताए।
सन् १९९० को दशकमा गृहयुद्धमा परी दश लाख भन्दा बढीको हत्या भएको रुवान्डा अहिले भने अफ्रिकाको सबै भन्दा द्रुत गतिले आर्थिक विकास भइरहेको देश हो । यहाँ नेपालीहरुको संख्या प्रत्येक बर्ष बढी रहेको छ ।
नयाँ कार्यसमिति गठन
सन २०२१ मा स्थापित एनआरएनए रुवान्डाका संस्थापक अध्यक्ष शर्माको अध्यक्षतामा सन् २०२३-२५ का लागि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन भएको छ ।
राष्ट्रिय समन्वय परिषदको उपाध्यक्षमा मोहन श्रेष्ठ, महिला उपाध्यक्षमा तिर्सना कोइराला, महासचिवमा शाश्वत कार्की, सचिवमा शुशान्त मलिक, कोषाध्यक्षमा रन्जना काफ्ले,सहकोषाध्यक्षमा सुष्मिता शर्मा, महिला संयोजकमा सुमित्रा पहाडी र युवा संयोजकमा सन्तोष अर्याल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा विकास श्रेष्ठ, प्रकाश दाहाल, सुजन निउरे, मित्रहरि गुरागाईं र लक्ष्मीप्रसाद गौतम रहेका छन् ।
समितिको सल्लाहकारमा अर्चना घिमिरे, डा. रविन्द्र प्रसाद र सरिता राई चयन भएका छन् ।