ad

दीप गिरीको नयाँ गीत ' आभारी छु' सार्वजनिक

जीएनएन
आइतबार​, माघ २९ २०७९
image

लोकप्रिय चर्चित  गायक आनन्द कार्की को स्वरमा दीप गिरीको नयाँ गीत आभारी छुसार्वजनिक गरिएको छ।

"भ्यालेन्टाइन डे" को अवसर पारेर प्रेमिकाप्रति समर्पित उक्त गीत सार्वजनिक गरिएको हो  । 

वरिष्ठ सङ्गितकार राजु सिंहद्वारा संगीत वद्ध उक्त गीतको एरेन्ज  चन्द सिंहले गरेका छन् भने  छायांकन: मोहन कुमार "झिल्लु" ले।   गीत आनन्द कार्कीको युट्युव च्यानलमा उपलब्ध छ ।

बेलायतमा बसोबास गर्ने गीतकार दीप गिरीका यस अघि सुन केशरी: जोन र धनुषा सिंह (एल्वम: प्रतिबिम्व भाग २)फुटेको ऐना: कर्ण दासको स्वरमामौका नै दिएनौ : योजना पुरी (एल्वम: समर्पण )चारै दिशा: साधना सरगम र राज खाम्बुमन खाने माया: किरण भुजेल र अस्मिता अधिकारी,  रातकी रानी: सुजन पराजुली र दिब्यानी शर्मा लगायतका गीत सार्वजनिक भै सकेका छन्।

'विगतमा झैं यो गीत पनि संसारभरि रहनु भएका श्रोता/दर्शकहरुले रूचाइ दिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु,' गिरीले भने।

 

 

ad
ad
ad