ad

 प्राकृतिक तथा आयुर्वेदिक चिकित्सा क्षेत्रका एक नक्षेत्र अस्ताए  

शनिबार, बैशाख ३१ २०७९
image

 बैद्य शिरोमणी जयलाल सापकोटाको निधन भएको छ । बाग्लुङ्गको दमेकमा जन्मिएका सापकोटा ९७ बर्षको उमेरमा चितवनमा निधन भएको हो ।

वैशाख २८ गते बिहान वीरेन्द्रनगर सिक्स ग्रुपस्थित आफ्नै निवासमा उनको निधन भएको जनाइएको छ ।

 उनको धार्मिक बिधि अनुशार पबित्र तिर्थस्थल देवघाटमा अन्तेष्टि गरिएको उनकी साहिँली छोरी माया पाठकले जानकारी दिइन् ।

स्वर्गीय सापकोटाका पाँच छोरा र चार छोरी छन् । स्वर्गीय सापकोटाले आफ्नो जीवनको उर्जाशील दुई तिहाई समय बाग्लुङ्गका जनताको प्राकृतिक तथा आयुर्वेदिक उपचारमा बिताएका थिए ।

वि.सं. २०४० पछि उनी आफ्ना सबै सन्तानसहित पूर्वीचितवनको वीरेन्द्रनगर सैनिकमा बसाईसराई गरेका थिए ।

चितवन बसाइपछि पनि उनले उपचारका क्षेत्रमा निःशुल्क सेवा गर्दै आएका थिए ।  

उनको निधन पछि बाग्लुङ्गबासीहरुले पार्थिव शरीर नरहे पनि वैद्यशिरोमणि जयलाल सापकोटा चिरकालसम्म जीवित रहिरहने बताउँछन् ।
 

ad
ad
ad