ad

गभर्नर अधिकारी १२ दिनपछि राष्ट्र बैंकमा 

बुधबार, बैशाख ७ २०७९
image

सरकारले निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि बुधबारदेखि काममा फर्किएका छन् ।

गत चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

तर, मंगलबार सर्वोच्चले अन्तरकालीन आदेश जारी गर्दै अधिकारीलाई काम गर्न बाटो खोलेको थियो । अधिकारी १२ दिनपछि कार्यालयमा हाजिर हुने छन् ।
न्यायाधीश हरि फुयालको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनु’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो ।

तर, सर्वाेच्चले अधिकारीसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न पनि आदेशमा भनेको छ । सर्वाेच्चले दुबै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ ।
 

ad
ad
ad