ad

प्रवासी नेपालीलाई अङ्ग्रेजी नयाँ वर्षकाे शुभकामना!

आइतबार​, पौष १८ २०७८
image

-डा. कृष्णराज डी.सी.

सेताे स्वर्ण चुली उचा शिखरमा नेपाल तिम्राे घर! 

माेती फल्छ जहाँ अमूल्य जहिल्यै माटाे बनी उर्वर!! 

सम्झी पीर त लाग्छ क्लान्त मनले साथीसँगातीहरू। 

अङ्ग्रेजी नव वर्षकाे छ रसिलाे साैगन्धकाे याे तरु!

 

माटाेकाे ममता नबिर्स रसिलाे तिम्राे कलाकाे घर! 

याैटा सुन्दर शान्त ज्याेति दिलमा धप्किन्छ जाे सुन्दर! 

आमाका सपना जुहार जनका जाज्वल्य हीरा- सुन! 

छाेरा छाै परदेशमा तर तिमी सम्झी रहन्छिन् मुमा!

 

बाँझाे खेत भयाे बगान बगिया पाखाे पखेराे सबै। 

सुक्खा भूमि बन्याे समुज्ज्वल छटा पानी पँधेराे नभै। 

मेराे रत्नचुली बिहान शिरमा टल्किन्छ जाे स्वर्णिम।

सम्झी बन्धु सब‌ै प्रशान्त मनका राखी मिठाे सम्झना!

 

कित्तामा मलिलाे छ खेत रसिलाे बाला हुने धानकाे। 

भित्तामा नव वर्षकाे छ रचना याैटा नयाँ सालकाे!

लेऊ है शुभकामना हृदयले याे दिव्य नेपालकाे!

बस्छा‌ै बास प्रवासमा अब तिमी देऊ सुधा भालकाे!!

(कवि डीसी पद्मोदय पब्लिक नमुना उच्च मावि दाङ्गका पूर्व प्रधानाध्यापक हुन्।)

ad
ad
ad