ad

निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने जिम्मा सरकारको : निर्वाचन आयोग

आइतबार​, माघ ९ २०७८
image

काठमाडौं : निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनु पर्ने जिम्मेवारी सरकारको भएको बताएको छ । 

आगामी जेठ पाँच गते भन्दा अगावै स्थानीय तहको निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने जिम्मा सरकारको रहेको निर्वाचन आयोगले बताएको हो । 

आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले २०७४ जेठ ३० गते निर्वाचन भएको आधारबाट हेर्दा, जेठको ५ गते राति १२ बजेबाट अहिलेको पदावधि सकिने उल्लेख गरे ।

सहप्रवक्ता धमलाले निर्वाचनको तयारीका लागि १२० दिनको समय रहेकोले सरकारले चाँडै निर्वाचनको मिति तोकिदिएमा तयारीका लागि सहज हुने बताए । स्थानीय तहको पदावधिको समय लम्ब्याउने र छोट्याउने प्रावधान कानूनले नदिएकाले संविधानले तोकेको समयावधिमा नै निर्वाचन गराउनु पर्ने पनि उनले स्पष्ट पारे ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन र पदावधी सम्बन्धी सबै जानकारी राजनैतिक दलहरुलाई औपचारिक रुपमा नै गराइसकेको छ ।

ad
ad
ad