ad

झापामा योगी नरहरिनाथको शालिक अनावरण

शुक्रबार​, पौष ३० २०७८
image

झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटिहोम परिसरमा योगी नरहरिनाथको शालिक अनावरण गरिएको छ ।

संस्थाका अध्यक्ष नवलकिशोर दत्तको सभापतित्वमा कोटिहोम परिसरमा आयोजना गरिएको एक समारोहकाबीच वैदिक मन्त्रोच्चारणका साथ योगी नरहरिनाथको शालिक अनावरण गरिएको हो ।

झापा क्षेत्र नं ४ का सांसद एलपी साँवा लिम्बू, प्रदेशसभा सदस्य हीराकुमार थापा, नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ लगायतले शालिक अनावरण गर्नुभएको हो ।

शालिक अनावरणसँगै कोटि हवन शान्ति कलश स्तम्भसमेत शिलान्यास गरिएको छ । पानीको फोहोरासहितको आकर्षकस्थल निर्माणका लागि नगरपालिकाले रु १८ लाख रकम विनियोजन गरेको थियो । योगीको अर्धकदको शालिक ईश्वरकृष्ण महाराजले सौजन्य गरेका हुन् ।

कोटि होम परिसरको भौतिक पूर्वाधार पुनःनिर्माणका लागि सङ्घीय सांसद साँवाबाट प्राप्त ५० लाख बजेट खर्च भइसकेको बताइएको छ । कोटिहोम परिसरमा चाँडै क्यामेरा जडानका लागि आवश्यक तयारी भइरहेको संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण ओलीले बताए । 

ad
ad
ad