ad

मल्लसहित ४ खेलाडी कारबाहीमा, सन्दीप बने नयाँ कप्तान

बुधबार, मङ्सिर २९ २०७८
image

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित ४ खेलाडीलाई कारबाही गरेको छ ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान ऐरीलाई पदमुक्त गरेको हो भने उनीहरुसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको हो ।

उनीहरुले क्रिकेट अनुशासन उलंघन गरेको आरोपमा कारबाही गरिएको क्यानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

साथै क्यानले नयाँ कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको छ ।

No photo description available.

ad
ad
ad