ad

साफ उपविजेता खेलाडी जनही पाँच लाख नगद पुरस्कारसहित सम्मानित

मङ्गलबार, पौष ६ २०७८
image

काठमाडौं : सरकारले साफ फुटबलको उपविजेता राष्ट्रिय फुटबल टिमका सदस्यलाई नगदसहित सम्मान गरेको छ । 

सरकारले खेलाडीलाई ५ लाख, प्रशिक्षकलाई जनही ३ लाख र अफिसियललाई प्रमाणपत्र सहित सम्मान गरेको हो । 

नेपाल साफ च्याम्पियनसिप फुटबलमा पहिलो पटक फाइनल प्रवेश गरेको थियो । उपाधि भिडन्तमा नेपाली टिम भारतसँग पराजित बनेको थियो ।

सम्मान कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले खेलाडीहरुको मनोवल उच्च राख्न सरकारले सदैव खेलाडीहरुको हितमा काम गर्ने बताए । उनले खेल र खेलाडीको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालमा अन्तर्राष्ट्रिय खेल खेलाउन सक्ने मैदान आवश्यक रहेकाले आगामी बजेटमा सरकारले ध्यान दिने बताए ।

ad
ad
ad