ad

१८ वर्ष मुनिका बालबालिकालाई मोडर्ना खोप लगाउने सरकारको तयारी

मङ्गलबार, मङ्सिर २१ २०७८
image

काठमाडौं : सरकारले १८ वर्ष मुनिका बालबालिकालाई मोडर्ना खोप लगाउने तयारी गरेको छ ।

अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही हप्ताभित्र १८ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन सुरु गर्ने तयारी छ ।

पहिलो चरणमा हिमाली क्षेत्रका १५ जिल्लाका विद्यालयमा अध्ययनरत बालबालिकालाई सो खोप लगाइने भएको हो ।

मोडर्ना खोप एक महिनाभित्र लगाउँदा माइनस दुईदेखि आठ डिग्रीसम्ममा पनि लगाउँदा हुने भएकाले हाललाई हिमाली क्षेत्रका बालबालिकालाई दिन लागिएको हो ।

मोडर्ना खोप भण्डारण गर्दा भने माइनस २५ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ ।

सरकारले यसअघि फाइजर खोप पनि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाएको थियो ।

ad
ad
ad