ad

सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

मङ्गलबार, पौष १३ २०७८
image

काठमाडौं : नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । 

बंगलादेशको ढाकामा मंगलबार उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो । 

मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५–२४ ले जितेको थियो । 

दोस्रो सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भयो । तेस्रो सेट नेपालले २५–१५ ले जित्यो । चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्दै खेल २–२ को अवस्थामा पुर्राए । त्यसपछि पाँचौं सेट १५–१० ले आफ्नो बनाउँदै नेपालले उपाधि रक्षा गरेको हो । 

यस्तै सेन्ट्रल जोनको महिलातर्फ नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । नेपालको यो दोस्रो अन्तर्राष्ट्रिय उपाधि समेत हो ।

ad
ad
ad