ad

पथेर र कदमलाई पहिचान पुरस्कार

बिहीबार, पौष ८ २०७८
image

लण्डन -- प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले वि.सं २०७८ को लागि श्याम शाहको कथा संग्रह ‘पथेर’, र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई प्रदान गर्ने निर्णय गरेको छ । यस भन्दा अगाडी ४ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ ।

राजन मुकारुङको निवन्ध संग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’ र यज्ञशको उपन्यास ‘भुइया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन् भने पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ ।

पहिचान पुरस्कार रु ४०२,००२ अक्षरेपि (चार लाख दुई हजार दुई रुपैयाँ) रहेको छ ।

ad
ad
ad