ad

'बसाईं' का उपन्यासकार क्षेत्रीलाई भारतमा पद्म श्री पुरस्कार

मङ्गलबार, कात्तिक २३ २०७८
image

काठमाडौं : नेपाली साहित्यकार लीलबहादुर क्षेत्री भारतको प्रसिद्ध पद्मश्री पुरस्कारबाट सम्मानित भएका छन् । 

भारतका राष्ट्रपति रामनाथ कोविन्दले उपन्यासकार क्षेत्रीलाई सोमबार पुरस्कार प्रदान गरेका हुन् ।  

उनलाई सन् २०२० को साहित्य र शिक्षाको विधामा पुरस्कार प्रदान गरिएको हो ।

उनी चर्चित उपन्यास ‘बसाइँ’ नेपालका विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा समावेश छ । उपन्यासमा आधारित भएर नेपाली चलचित्र ‘बसाइँ’ पनि निर्माण भएको छ ।

पद्मश्री पुरस्कार भारत सरकारले प्रदान गर्ने नागरिक सम्मानमध्ये चौथो ठूलो सम्मान हो । क्षत्रीसहित ११८ जनालाई सन् २०२० का लागि उक्त पुरस्कार दिइएको थियो ।

ad
ad
ad