ad

नेपलिज ब्रिटिस कम्युनिटी यु.के. द्वारा ७० जना बृद्धवृद्धाहरुलाई ट्याबलेट वितरण 

शनिबार, कात्तिक २७ २०७८
image

लण्डन --  सूचना तथा जानकारी मार्फत समुदायलाई सहयोग गर्न  बृद्ध आमाबाबाहरुलाई  सूचना प्रबिधिमा पहुँच पुर्याउन वेलायतमा दर्ता भएको सामाजिक तथा च्यारिटीमूलक संस्था, नेपलिज ब्रिटिस कम्युनिटी यु. के. द्वारा ७० जना बृद्धवृद्धाहरुलाई गएको बिहिबार, ११ नोभेम्बरका दिन ट्याबलेट  वितरण गरेको छ ।  उपयोगी एपहरु र सफ्टवेरहरु  राखेर वितरण गरिएको ट्याबलेटद्वारा  बृद्ध अवस्थामा सूचना र जानकारीको लागि अरुको भर पर्नु पर्ने अवस्थालाई निर्मुल गर्न र सहज संचारको पहुँच पुर्याउन  संस्थाले  यो पहल गरेको  संस्थाका संयोजक श्री राजेन्द्र ओझाले उक्त कार्यक्रममा प्रकाश पारेका थिए  । 

साउथ ह्यारो स्थित गोल्डेनसिप रेस्टुरेन्टमा आयोजित कार्यक्रममा  लक्षित समूहका आमा बुवाहरुको  उपस्थितिमा दोश्रो चरणमा ३५  ट्याब्लेटहरु वितरण गरिएको संस्थाका सचिव श्री रबिन्द्र अधिकारीले जानकारी दिए  । 

यस अघि पहिलो चरणमा ३५ ट्याब्लेटहरु  यस्तै  कार्यक्रमको आयोजनागरी  गत अक्टोबर  महिनामा वितरण गरिएको थियो  । 
सजिलो तथा अत्यन्त उपयोगी एप्स तथा सफ्टवेरहरू मध्ये गूगल, यूट्यूब, फेसबुक, मेसेन्जर, भाइबर, नेपाली कयालेन्डर, रेडियो तथा अन्य धेरै आवश्यक कुरा राखेर प्रत्येक व्यक्तिको नाममा तयार पारेर सजिलो हुने प्रावधान रहेको जानकारी कार्यक्रममा प्राविधिक विभाग प्रमुख श्री चुरामणी रेग्मीले दिएका  थिए  । 

संस्कार र सामाजिक परप्परा भन्दा भिन्न परिवेसमा बेलायत आएर परिवार संग बसे पनि सूचना र जानकारीको पहुँचबाट कठिनाइ भोगिरहेका आमाबुवा हरुलाई सामाजिक रुपमा  जनचेतना-मूलक शिक्षा तथा जानकारी-मूलक कार्यक्रम संचालन गरेर बेलायतको बसोबास सहज बनाउने अभिप्रायले यो कार्यक्रम आयोजना गरिएको कुरा उक्त कार्यक्रमका संयोजक तथा संस्थाका पूर्व अध्यक्ष श्री कमल राज खनालले गरेका थिए । 

एनबिसी-यु.के. ले नेपाली भाषा , संस्कृतिलाई प्रबर्धन गर्दै बेलातमा जन्मिएका नयाँ पिढीलाइ लक्षित गरेर निरन्तर कार्यक्रमहरु पनि गर्ने गरेको छ । संस्थाले प्रकोप तथा असहज परिस्थितीहरुमा निरन्तर सहायता गर्दै आएको छ । कोरोना भाइरसको प्रकोपले असहज  परिस्थितिमा संस्थाले  औषधि , अक्सिजन तथा खाद्यान्न सहयोग गरेको थियो , त्यस्तै नियमितरुपमा योगा तथा फिटनेस कक्षाहरु , समुदायको उत्थानका कार्यक्रम  लगायतका गतिविधि गर्दै आइरहेको छ ।

कार्यक्रमलाई सफल पार्न अनवरत रूपमा खटिनुभएका संस्थाका भोलुनटियर सहपाठीहरू- कार्यक्रम संयोजक श्री कमल राज खनाल, प्राविधिक प्रमुख श्री चुरामणी रेग्मी, च्यारिटी तथा फण्ड विभाग प्रमुख श्री लेखनाथ घिमिरे एवम सम्पूर्ण कार्य- समितिका सदस्यहरूलाई अध्यक्ष श्री राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरेका थिए । 


कार्यक्रममा संस्थापक अध्यक्ष श्री कमल पौडेल, पूर्व अध्यक्षध्य श्री कमल राज खनाल तथा श्री मिलन घिमिरेको का साथै वर्तमान अध्यक्ष श्री राजेन्द्र ओझाको उपस्थिति रहेको थियो भने संस्थाको कार्यसमितिको तर्फबाट अन्य सहभागीहरूमा श्री रबिन्द्र अधिकारी, श्री चुरामणी रेग्मी , श्रीमति अन्जु रेग्मी सिक्देल , श्री ऋषी खनाल तथा श्री बसन्त  नेपाल लगायतको उपस्थिति रहेको थियो । 


यसका साथसाथै, कार्यक्रममा समुदायका अन्य करीब ५० ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सम्पुर्ण आमाबुबाहरुको लागी एन बी सी-यूके ले खानाको ब्यबस्था पनि गरेको थियो। 

उक्त कार्यक्रममा उपस्थित आमाबुवाहरुले एन बी सी-यूके ले गरेको यो कार्यक्रमको खुल्ला मनले प्रशंसा गर्दै आफूहरु लाई सहयोग गरेकोमा धन्यवाद प्रदान गरेका थिए  ।

ad
ad
ad