ad

पहिचान पुरस्कारको लागि उत्कृष्ट पाँच पुस्तकहरु छनौट  

आइतबार​, कात्तिक ७ २०७८
image

 लन्डन (जीएनएन) — प्रत्येक वर्ष वितरण हुंदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष उत्कृष्ट पाँच वटा पुस्तकहरु छनोट गरेको छ । वि.सं.२०७७ साउन देखि २०७८ साउन २०२१ सम्म प्रकाशित भई कोषमा प्राप्त भएको पुस्तकहरुबाट छनौट गरिएको बताईएको छ  । उत्कृष्ट पाँचमा पर्न सफल पुस्तक हरुमा  श्याम शाहको ‘पथेर’, अनन्त वाग्लेको ‘कदम’, प्रकाश आङदेम्बेको ‘म एउटा विहान हिँडिरहेछ’ु, बिना थिङको ‘याम्बुनेर’ र केदार संकेतको ‘अफगानी      रणमैदान’ रहेको छ । 

यसभन्दा अगाडी ४ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेका छन् । राजन मुकारुङको ‘फेरिंदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’ र यज्ञशको ‘भुइया’ र  उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको   ‘नथिया’ ले पहिचान पुरस्कार पाइसकेका छन भने पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ । यसपल्ट पहिचान पुरस्कारको घोषण डिसेम्बर २०२१ मा हुने छ  ।

ad
ad
ad