ad

बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

बिहीबार, कात्तिक ११ २०७८
image

एजेन्सी : स्पेनिस फुटबल क्लब बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । ला लिगाको खेलमा गएराती रायो भालेकानोले बार्सिलोनालालाई हराएसँगै प्रशिक्षक कोम्यान बर्खास्तीमा परेका हुन् ।

भालेकानो विरुद्धको खेलमा बार्सिलोना एक शुन्यले पराजित भएको थियो । भालेकानोको जितमा राडमेल फाल्काओले निर्णायक गोल गरे ।

कोम्यान विगत चौध महिनादेखि बार्सिलोनाका प्रशिक्षक थिए । लगातार खराब प्रदर्शन गरेपछि क्लब व्यवस्थापनले प्रशिक्षक कोम्यानलाई हटाएको हो ।

मेस्सीले क्लब छाडेपछि यो सिजनको सुरुदेखि नैं बार्सिलोनाले राम्रो खेल प्रदर्शन गर्न सकेको छैन ।

जारी लिगका दश खेलबाट उसले १५ अंक मात्रै जोडेको छ । लिग तालिकामा बार्सिलोना अहिले नवौं स्थानमा रहेको छ । लालिगाकै अर्को खेलमा रियाल मड्रिडले ओसासुनासँग गोलरहित बराबरी खेलेको छ ।

ad
ad
ad