ad

बसन्त चौधरीलाई हृदयाघात

शुक्रबार​, आश्वीन ८ २०७८
image

काठमाडौं : उद्योगी बसन्त चौधरीलाई हृदयाघात भएको छ । हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । शुक्रबार हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको थियो  ।

उनको मुटुको शल्यक्रिया गर्ने तयारी भइरहेको बताइएको छ । चिकित्सकहरूले तत्काल ओपन हार्ट सर्जरी गर्न सुझाव दिएकाले शल्यक्रिया गर्ने तयारी भइरहेको बताइएको छ ।

थापाथलिस्थित नर्भिक अस्पतालका सञ्चालक समेत रहेका चौधरीको मुटुमा समस्या देखिएपछि थप उपचारका लागि दुबई लगिएको हो ।

यसैबीच चौधरीले एक विज्ञप्ति जारी गर्दै गत हप्ता केहि असहजता महसुस भएपछी नर्भिक अस्पतालमा एञ्जियोग्राफी गराएको जनाएका छन्।  त्यस पश्चात दुबईस्थित अमेरिकन हस्पिटलमा थप परिक्षण गराउंदा मुटुको धमनीको उपचार गर्न विशेषज्ञहरुले राय दिएको उनले जनाएका छन्।  

ad
ad
ad