ad

एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

सोमबार, भाद्र २८ २०७८
image

काठमाडौं : परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ अन्तर्राष्ट्रिय समन्वय परिषद्काे निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । 

परराष्ट्रले विभिन्न देशमा समस्या रहेको भन्दै एनआरएनए केन्द्रीय समितिलाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो । 

पत्रमा प्रतिनिधि छनोटको विवाद समाधान नभएसम्मका लागि केन्द्रीय निर्वाचन प्रक्रिया अगाडि नबढाउन भनिएको छ । 

पत्रमा एनआरएनएको आगामी महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू विधान विपरित सिफारिस गरेकाले महाधिवेशनको काम अगाडी नबढाउन निर्देशन दिइएको छ । 

मन्त्रालयले राष्ट्रिय समन्वय परिषद्को प्रतिनिधि छनोट प्रक्रियामा अस्ट्रेलिया, जर्मनी, अमेरिका, न्यूजिल्याण्ड, बेल्जियम, साइप्रस, अस्ट्रिया, बेलायत, चेक गणतन्त्र, स्वीजरल्याण्ड, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, पोर्चुगललगायत मुलुकहरूमा समस्या रहेको जनाएको छ । 

एनआरएनएसँग स्पष्टीकरण

हालै परराष्ट्र मन्त्रालयले एनसीसीहरुको निर्वाचनमा प्रविधिको दुरुपयोग गरिएको, एनसीसीहरुको अधिवेशनका लागि तोकिएको मिति भन्दा पछि पनि अधिवेशन गरिएको, तोकिएको मिति भन्दा पछि पनि महाधिवेशन प्रतिनिधि चयन गरिएको, उम्मेदवार भएका व्यक्तिहरु नै निर्वाचन प्रक्रियामा सहभागी भएकोले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको, निर्वाचन आचारसंहिता पालना तथा लागू नगरिएको, महाधिवेशन प्रतिनिधिहरुको विवरण संघको वेबसाइटमा प्रकाशित नगरिएको लगायतका विषयमा पांच दिनको समय दिएर  एनआरएनए आइसीसीसँग स्पष्टीकरण माग गरेको थियो  ।

एनआरएनए केन्द्रीय सचिवालयको संलग्नता र निर्देशनमा एनआरएन जापानको चुनावमा धांधली गरिएको छानबिनबाट देखिएकाले केन्द्रले नै त्यसको जिम्मा लिनु पर्ने एनआरएन अभियन्ताहरुले माग गरेका छन्।

तर एनआरएनएले ६ सेप्टेम्बरमा पठाएको जवाफमा जापानको निर्वाचन प्रक्रियाका सम्बन्धमा उठेका विषयहरुबारे सम्बोधन नै नगरिएको मन्त्रालयले जनाएको छ।  

ad
ad
ad