ad

विश्वप्रकाश शर्माको अवधारणापत्र : राष्ट्रपति एक पटक र प्रधानमन्त्री दुई पटक मात्रै बन्न मिल्ने प्रावधान राखौं

आइतबार​, आश्वीन ३ २०७८
image

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणा सार्वजनिक गरेका छन् । 

संविधान दिवसका अवसरमा आइतबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उनले महाधिवेशनका लागि अवधारणा सार्वजनिक गरेका हुन् ।

प्रवक्ता शर्माले सत्ता सञ्चालनका लागि निश्चित अवधि तोक्नुपर्ने बताएका छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल निश्चित पटकभन्दा बढी हुन नहुने उनको प्रस्ताव छ ।

उनले राष्ट्रपति एक पटकभन्दा दुई पटक बन्न नपाउने, प्रधानमन्त्री जतिसुकै क्षमतावान् भएपनि दुई पटकभन्दा बढी बन्न नपाइने, मन्त्री तीन पटकभन्दा बढी बन्न नपाइने र सांसद ४ पटक भन्दा बढी बन्न नपाइने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

शर्माले महाधिवेशनका लागि सार्वजनिक गरेको २४ बुँदे अवधारणापत्रको निचोड ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तनलाई’ रहेको छ । उनले भनेका छन्, “हरेक देशको राजनीतिले त्यो देशको हरक्षेत्रलाई प्रभावित र नेतृत्व गरेको हुन्छ, अतः राजनीतिमा परिवर्तनको अर्थ हुन्छ हर क्षेत्रमा त्यसको व्यापक सकारात्मक प्रभाव। नेपालमा राजनीतिक परिवर्तन पटकपटक भएको छ, अब बेला भएको छ राजनीतिमा परिवर्तनका लागि खुला संवाद, बहस र अभ्यास गर्ने।”

उनले बीपीको विचारलाई समय सापेक्ष अघि बढाउनु पर्नेमा जोड दिएका छन्। त्यसका लागि राजनीतिलाई सफा पार्नुपर्ने उनको भनाइ छ। 

ad
ad
ad