ad

वर्तमान सरकारले 'बुख्याँचा' जत्तिको पनि काम गर्न सकेन : ओली

बुधबार, भाद्र ३० २०७८
image

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याँचासँग तुलना गरेका छन् ।

बुटबलमा आयोजित कार्यकर्ता भेलामा उनले वर्तमान सरकारले बुख्याँचा जत्तिको पनि काम गर्न नसकेको टिप्पणी गरे । उनले बुख्याँचाले अन्नबाली खान आउनेलाई तर्साउने तर वर्तमान सरकारले त त्यती पनि गर्न नसकेको बताए ।

एमालेको सही नेतृत्व र विचारले नेपालमा कम्युनिष्ट आन्दोलन सफल हुने ओलीको दाबी थियो । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा मुलुकले लिएको र त्यसको सफलता एमालेको नेतृत्व बिना नहुने उनको भनाइ थियो ।

त्यस्तै एमालेका उपमहासचिव विष्णु पौडलले पुष्पकमल दाहाल र माधव नेपालले शुरूमा नेकपा र त्यसपछि एमाले कब्जा गर्न असफल भएपछि कांग्रेसको पछि लागेको टिप्पणी गरे ।

पौडेलले सत्तारुढ गठबन्धनलाई एमाले एक्लैले चुनावमा पराजित गर्न ल्याकत राख्ने बताए । अर्का उपमहासचिव घनश्याम भुसालले एमाले अहिले अफ्ठ्यारो अवस्था भएपनि आत्तिहाल्न अवस्था नभएको बताए ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले एमाले र केपी ओलीविरुद्धको महागठबन्धनलाई चुनावबाटै परास्त गर्ने बताए । रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई व्यक्तिगत फाइदाको लागि उपयोग गर्न खोजेको आरोप लगाए ।

ad
ad
ad