ad

होहल्लाबीच बजेट पारित गर्नु बाध्यता : अर्थमन्त्री शर्मा

सोमबार, आश्वीन ४ २०७८
image

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले बजेट लामो समय रोकेर राखेमा सबै कुरा ठप्प हुने हुने भएकाले प्रतिपक्षको विरोधकै बाबजुद पारित गरेको बताएका छन् ।

सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको होहल्लाकै बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको हो । विधेयक पारित भएपछि संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले बजेट पारित गर्नु बाध्यता भएको बताए ।

प्रतिपक्षीसँग वार्ता र संवादलाई निरन्तरता दिइराखेको तर लामो समय बजेट रोकेर राख्यो भने सबै कुरा ठप्प हुने भएकाले सँसँगै लैजानुपर्ने बाध्यता भएको अर्थमन्त्री शर्माको भनाइ छ । उनले नेकपा एमालेसँग प्रधानमन्त्री र अरु नेताहरुले निरन्तर संवाद गरिरहेको पनि बताए ।

उनले तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटको कुनै योजना नकाटेको दावी गरे । बरु आफूले राजस्व बढाउने लक्ष्य राखेको पनि मन्त्री शर्माले दावी गरे । उनले विगतको सरकारप्रति पूर्वाग्रह राखेर बजेट ल्याएको आरोप सत्य नभएको बताएका छन् ।

राजश्व बढाउने लक्ष्य राखेर सरकारले विगतको सरकारको बजेटमा तीन प्रतिशतले संशोधन गर्नुबाहेक केही नगरेको उनको भनाइ छ । ओली सरकारले १६ खर्ब ४७ अर्बको बजेट पेस गरेकोमा वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट पेश गरेको थियो ।

ad
ad
ad