ad

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा

बिहीबार, भाद्र १७ २०७८
image

काठमाडौं : नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको छ । 

दशरथ रंगाशालामा भएको खेलमा नेपालले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । 

नेपालका लागि खेलको ३६ औं मिनेटमा अञ्जन बिष्टले गोल गर्दै अग्रता दिलाएका थिए । विपक्षी खेलाडीको कमजोर डिफेन्स पासको सदुपयोग गर्दै अञ्जनले बललाई पोस्टको दिशा दिएका थिए । 

पहिलो हाफमा १–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा गोल खान पुग्यो । खेलको दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले बराबरी गोल फर्काए । 

कप्तान सुनिल क्षेत्रीले प्रहार गरेको बललाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाउ गरे पनि रिबाउन्डमा थापाले गोल गर्दै खेललाई बराबरी गोल गरेका थिए । 

ad
ad
ad