ad

मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालनमा आए

शनिबार, श्रावण ९ २०७८
image

काठमाडौं : शनिबारदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरु समेत सञ्चालनमा आएका छन् ।

बैशाखमा लागू गरिएको निषेधाज्ञा पछि  सरकारको निर्णय अनुसार स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन सञ्चालन शुरु भएका हुन् ।

यसअघि स्थानीय प्रशासनले आन्तरिकरूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौँ उपत्यका भित्र प्रवेश गर्न दिने गरेको थियो ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयलेले देशका विभिन्न भागबाट आउने परीक्षार्थी तथा सर्वसाधारणको आवतजावत समेतलाई सहज बनाउन यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।

प्रशासन कार्यालयले अनिवार्यरूपमा टिकट काटेर मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ ।

ad
ad
ad