ad

अपमान सहेर पार्टीमा बस्न सकिँदैन : माधव नेपाल

बिहीबार, श्रावण ७ २०७८
image

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले अपमान सहेर पार्टीमा बस्न नसकिने बताएका छन् । 

४३ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा बिहीबार काठमाडौंको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेता नेपालले आफूलाई पार्टीभित्रका विभिन्न घाउखटिराले दुःख दिँदै आएको भन्दै सहेर नबस्ने चेतावनी दिएका हुन् । 

नेता नेपालले आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना नहुने तर अपमान सहेर, गलत कुरा सहेर बस्न नसकिने स्पष्ट पारे ।

नेता नेपालले अध्यक्ष ओलीतिर संकेत गर्दै अरुको अपमान गर्नेले आफ्नो मानसम्मान पनि कायम राख्न नसक्ने बताए । बरन्डामा ऊफ्रिने र बाँदर जुलुसको नाटक कम्युनिष्ट चरित्र नभएको उनको भनाइ छ ।

नेता नेपालले चुनौतीबीच नै व्यक्तिको परीक्षण हुनेपनि स्पष्ट पारे । कम्युनिष्टको नाम र झण्डा दुरुपयोग गर्नु नहुने बताउँदै उनले चुनौैतीबाटै खारिएर कम्युनिस्ट राजनीति गर्नुपर्ने पनि उल्लेख गरे । 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेपालले पुष्पलाल श्रेष्ठको जीवनी ‘नेपाल रत्न पुष्पलाल’ को विमोचन गरेका थिए ।

ad
ad
ad