ad

युराे २०२० काे उपाधि इटालीलाई, पेनाल्टीमा इंग्ल्याण्ड स्तब्ध

एजेन्सी
सोमबार, आषाढ २८ २०७८
image

युरो २०२० को उपाधि इटालीले जितेको छ । वेम्बली रंगशालामा आइतबार राती सकिएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई पेनाल्टी सूटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । निर्धारित र थप गरिएको समयमा दुवै टिमले एक एक गोलको बराबरी खेले पछि उपाधिको छिनोफानो पेनाल्टी सूटआउटबाट निकालिएको हो ।
पेनाल्टी प्रहारमा इंग्ल्याण्डले लगातार तीन प्रहारमा गोल गर्न नसक्दा इटाली ३–२ ले विजयी भयो । इंग्ल्याण्डका लागि हेरि केन र हेरि मगाएरले मात्र गोल गर्दा मार्कस रासफोर्ड, जाडन सान्चो र बकायो साकाले गोल गर्न असफल रहे । यसैगरी इटालीका लागि डोमेनिक बेराडी, लियोनार्दो बुयोन्सी, फिलिपो बेनार्डेचीले गोल गर्दा एन्ड्रे बालाटोली, फिरिलो जर्जिन्होले गोल गर्न असफल भएका थिए । निर्धारित समयको खेलको दोस्रो मिनेटमा इंग्ल्याण्डले अग्रता बनायो ।
उसका लागि लुक शाले काइरान ट्रिपियरको क्रसमा गोल गर्न सफल भयो । पहिलो हाफमा एक शून्यले पछाडि रहेको इटालीले ६७ औं मिनेटमा खेल एक एकको बराबरी गरेको थियो ।
इटालीका लागि लियोनार्दो बोनुसीले गोल गरे । त्यसपछि पनि दुवै टिमबाट मौका सिर्जना भएपछि गोल हुन सकेन । जसका कारण खेल अतिरीक्त समयमा धकेलिएको थियो ।

Image
अतिरिक्त समयमापनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा इटाली विजयी भएको हो ।
यसैबीच इटालीका बोनुसीले युरो कपको फाइनलमा गोल गर्ने बढी उमेरका सर्वाधिक खेलाडी बनेका छन् ।
उनले ३४ वर्ष ७१ दिनमा गोल गरेका हुन् । यसअघि यो रेकर्ड वेष्ट जर्मनीका र्बेनार्ड होल्जेनबिनको नाममा रहेको थियो । उनले १९७६ मा ३० वर्षको उमेरमा गोल गरेका थिए ।

ad
ad
ad