ad

ब्रिटिश गोर्खाद्वारा माग पूरा गर्न पुनः बेलायती सरकारको ध्यानाकर्षण, अन्तर्राष्ट्रिय निकायमा मुद्दा हाल्ने चेतावनी

मङ्गलबार, श्रावण ५ २०७८
image

काठमाडौं : ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्नो माग पूरा गर्न पुनः बेलायती सरकारको ध्यानाकर्षण गराएको छ । 

समितिले एक विज्ञप्ति जारी गर्दै बेलायती सरकारले समस्या समाधानका लागि पठाएका पत्रहरु बेवास्ता गर्दै माग पूरा नगरेको जनाएको छ । 

बेलायत सरकारले आफ्नो अनुरोधलाई बेवास्ता गरेपछि समितिका ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा घले राना सत्याग्रहका लागि तयार भएको बताउँदै समितिले १३ दिने रिले अनसनका साथै पूर्व निर्धारित कार्यक्रमसँगै अगाडि बढ्नुको विकल्प नरहेको जनाएको छ ।

समितिले यसका साथै आफ्ना अन्तर्राष्ट्रिय वकिलहरुले अन्तर्राष्ट्रिय निकायमा मुद्दा हाल्न सक्ने चेतावनी दिएको छ ।राष्ट्र संघ मानव अधिकार परिषदको युनिभर्सल पिरियोडिक रिभ्यु  (यूपीआर), आइएलओ लगायतका अन्तर्राष्ट्रिय निकायमा मुद्दा हाले उनीहरुले आफ्नो माग पूरा गर्दिन सक्ने बताउँदै समितिले सो कार्य गर्दा बेलायतको प्रतिष्ठा बिग्रिए आफु जिम्मेवार नहुने बताएको छ ।

No description available.

ad
ad
ad