ad

कविता : अघि बढ्ने पाइलाहरु

आइतबार​, श्रावण ३ २०७८
image

- सुहाना आचार्य

 

अशान्त मनमा छालहरु

उर्लिन्छ ताल र तलाउ झैं

एकान्त र शून्यतामा बिलाउँछु

तरंगित  हुन्छन्  मनका रंगीन रङ्गहरु ।

 

बोकी विशाल भाव 

कहिले छचल्किन्छु छालसँग

कहिले बहकिन्छु चालसँग ।

 

लाग्दैछ

सुनसान सडकमा एक्लो म

भौंतारी रहेकोछु एक्लै

शान्त तालको दाँयाबाँया

सहारा विहीन चरी झैं

मन बिच्किन्छ बेलाबेलामा

त्रासपूर्ण लाग्छ जीवन

समाप्त भै जान्छ एकदिन

यस्तो र त्यस्तोको बीचमा

झुण्डिरहेको छ जीवन ।

 

अघि बढ्ने पाइलाहरु

छेक्ने छैनन् पहाडले

जीवन जिउने रहरहरु

थाक्ने छैनन् कहिल्यै ।

 

पुरानो सिनामंगल- ३२  धौलागिरी मार्ग

(सुहाना अक्षरा स्कुल, काठमाडौँमा कक्षा ९ मा अध्ययनरत छिन् ।)

ad
ad
ad