ad

युरो कप : इटलीको विजयी सुरुवात, टर्की ३-० गोलले पराजित

शनिबार, जेष्ठ २९ २०७८
image

एजेन्सी : युराे कप फुटबल प्रतियाेगितामा इटालीले विजयी सुरुआत गरेकाे छ । घरेलु मैदानमा शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेकाे हाे ।

उपहार गाेलकाे मद्दतमा अग्रता लिएकाे इटालीका लागि  चिरो इमोबाइल र लोरेन्जो इन्सिग्नेले समान १-१ गाेल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ मिनेटमा टर्कीका डेमिरलले आफ्नै पाेष्टमा गोल गरेका थिए । खेलकाे ६६ ‌औं मिनेटमा इमोबाइलले इटालीको अग्रता दोब्बर पारे । खेलको ७९ औं मिनेटमा लाेरेन्जाेले इटालीका लागि १ गाेल थपे । त्यसपछि दुबै टाेलीबाट गाेल हुन सकेन र इटाली ३-० ले विजयी भयाे ।

यो जितसँगै समूह 'ए' मा रहेकाे इटालीले ३ अंक जोडेको छ ।

युराेकप अन्तर्गत शनिबार राति ३ खेल हुँदैछन् । समूह 'ए' को खेलमा नेपाली समयअनुसार राति पौने ७ सात बजे वेल्स र स्विट्जरल्यान्ड भिड्दै छन् । समूह 'बी' को खेलमा राति पाैने १० बजे डेनमार्क र फिनल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ । समूह  'बी' अन्तर्गत नै राति पाैने १ बजे बेल्जियम र रसिया भिड्दै छन् ।

ad
ad
ad