ad

मैत्रीपूर्ण खेलमा पोर्चुगलकाे जित

एजेन्सी
बिहीबार, जेष्ठ २७ २०७८
image

युरोकपअघिको मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले इजरायललाई हराएको छ । बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गाेलले हराएको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई तथा क्रिस्टियानो रोनाल्डो र क्यान्सेलोले एक/एक गोल गरे । ४२ औं मिनेटमा पहिलो गोल गरेको पोर्चुगलले ४४ औं मिनेटमै दोस्रो गोल थपेको थियो ।

 पोर्चुगलले दोस्रो हाफमा अरु २ गोल पनि थप गरेको थियो । ८६ औं मिनेटमा गुन्सेलो गुटेजको पासमा क्यानसेलोले गोल गरेपछि पोर्चुगल फराकिलो जित तर्फ अग्रसर भएको थियो । दोस्रो हाफको अतिरिक्त समयमा फ्रि किक मार्फत फर्नान्डेजले लेफ्ट कर्नरबाट गोल गर्दै पोर्चुगललाई ४–० को जित दिलाए ।

युरोकप फुटबलमा पोर्चुगलले आफ्नो पहिलो खेल आउँदो मङ्गलवार हङ्गेरीसँग खेल्नेछ ।

ad
ad ad