ad

युराेकप फुटबलकाे इतिहास बारे जानाैं

एजेन्सी
बिहीबार, जेष्ठ २७ २०७८
image

एजेन्सी : जुन ११ तारिखदेखि युईएफए युरो कप २०२० शुरु हुँदै छ । यो प्रतियोगिता १९६० मा शुरु भएको हो । हरेक चार वर्षमा हुने यो प्रतियोगिता कोरोना महामारीका कारण २०२० मा भने रोकिएको थियो । सोही प्रतियोगिता शुक्रबारदेखि शुरु हुन लागेको हो ।

फिफा विश्वकप पछि युरो कप सर्वाधिक चर्चित प्रतियोगिता पनि हो । त्यसैले यसलाई मिनि विश्वकपको नाम पनि दिइएको छ । युरो कपमा युरोपका देशहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । युरो कप यसअघि सम्म २ वटा देशमा आयोजना हुँदै आएको थियो । तर ६० वर्षको इतिहासमा पहिलो पटक ११ देशमा यो प्रतियोगिता आयोजना हुँदै छ ।

यो पटक अजरबैजान, डेनमार्क, इंग्ल्याण्ड, जर्मनी, हंगेरी, इटली, नेदरल्याण्ड्स, रोमानिया, रुस, स्कटल्याण्ड र स्पेनमा आयोजना हुने छ । युरो कपमा २४देशले प्रतिस्पर्धा गर्दा फाइनल भने ११ जुलाईमा आयोजना हुने छ । यो पटक क्रिष्टियानो रोनाल्डोको टिम पोर्चुगल उपाधि रक्षाका लागि मैदान उत्रने छ । २०१६ मा पोर्चुगलले फ्रान्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।

युरो २०२० को आयोजना गत वर्ष नै हुनुपर्ने थियो । कोरोना भाइरसका कारण एक वर्षलाई सारिएको थियो । तै पनि यो प्रतियोगिताको नाम युरो २०२० नै राखएिको छ । युरो शुरु भएको ६० औं वर्ष भएकाले यस पटक भव्यताका साथ आयोजना गर्ने तयारी गरिए पनि कोरोनाका कारण यो भने सम्भव भने भएन ।

युरो कपको इतिहास

पहिलो पटक युरो कप १९६० मा खेलिएको थियो । तर यो प्रतियोगिताको आइडिया भने पुरानै हो । १९२७ मा फ्रेन्च फुटबल फेडरेशनका एडमिनिस्ट्रेटर हेनरी डेलानेले युरोपियन फुटबल टुर्नामेन्ट आयोजना गर्नुपर्ने प्रस्ताव गरेका थिए । त्यसको केही वर्ष पछि युईएफएको पहिलो जनरल सेक्रेटरी पनि बनाइएको थियो । तर उनको प्रस्ताव पारित हुनलाई भने ३१ वर्ष लागेको थियो ।

१९५८ मा पहिलो पटक यो प्रतियोगिताको ब्लू प्रिन्ट तयार भएको थियो । त्यसको तीन वर्ष अघि नै उनको १९५५ मा निधन भइसकेको थियो ।

डेलानेको सम्मानमा युरो कप ट्रफीलाई उनको नाम दिइएको थियो ।

शुरुआती चरणमा ट्रफी अगाडि च्याम्पिोनाट डी युरोप तथा कूप हेनरी डेलाने लेखिएको थियो भने पछाडि एक युवाको तस्वीर पनि राखिएको थियो । यो ट्रफी बनाउने जिम्मेवारी डेलानेकै छोरा पिएरेलाई नै दिइएको थियो ।

सन् २००८ मा यो ट्रफीको रि डिजाइन गरियो र साइज पनि बढाइएको थियो । नयाँ ट्रफी चाँदीको रहेको छ । यसको तौल आठ किलोग्राम रहेको छ । यसैगरी लम्बाई ६० सेन्टिमिटर रहेको छ भने उपाधि जित्ने टिमको नाम पछाडि लेख्ने गरिएको छ ।

पहिलाकाे नाम ?
१९६० मा युरो कप शुरु हुँदा यो प्रतियोगिताको नाम युरोपियन नेशन्स कप रहेको थियो । १९६८ मा यसको नाम परिवर्तन गरेर युईएफए युरोपियन च्याम्पियनसिप राखिएको थियो । पहिलो संस्करणमा चार टिमले सहभागिता जनाएका थिए । यसमा चेकोस्लोवाकिया, फ्रान्स, सोभियत युनियन र यूगोस्लाविया समावेश थिए । पहिलो संस्करणको उपाधि सोभियत युनियनले युगोस्ताभियालाई पराजित गर्दै जितेको थियो । स्पेनले क्वाटरफाइनल सोभियत युनियनसँग क्वाटरफाइनल खेल्न नमानेपछि प्रतियोगिताबाट बाहिर गएको थियो ।

यस्तै, इंग्ल्याण्ड, वेस्ट जर्मनी र इटली जस्ता देशले टिमले १९६० को प्रतियोगिता खेल्न मानेका थिएनन् । यस्तोमा प्रतियोगिता खेल्ने १६ टिम पनि पुग्न मुस्किल जस्तो लागेको थियो ।

१९७६ सम्म चार चार टिमको सिलसिला चलेको थियो । १९८०मा पहिलो पटक ८ टिमले भाग लिएका थिए । १९९६ मा यसको संख्या बढेर १६ पुगेको थियो । २०१६ मा सबैभन्दा धेरै २४ टिमले प्रतिस्पर्धा गरेका थिए । यो संस्करणमा पनि २४ टिमकै सहभागीता रहने छ ।

यो वर्ष हुने युरो कप १६ औं संस्करण हो । अहिलेसम्म १५ पटक प्रतियोगिता हुँदा १० टिम (देश)ले उपाधि जितेका छन् । जर्मनी र स्पेनले सर्वाधिक तीन तीन पटक उपाधि जित्दा फ्रान्सले २ पटक युरो कप उचालेको छ । यस्तै, सोभियत युनियन, इटली, चेकोस्लोवाकिया, नेदरल्याण्ड्स, डेनमार्क, ग्रीस र पोर्चुगलले एक एक पटक उपाधि उचालेका छन् ।

स्पेनले अहिलेसम्म लगातार दुई पटक उपाधि पनि जित्ने टिमको रुपमा रहेको छ । यस्तै, सबैभन्दा बढी गोल गर्ने खेलाडीको नाममा रुपमा फान्सका माइकल प्लातिनी र पोर्चुगलका क्रिष्टियानो रोनाल्डो रहेका छन् । उनीहरु दुवै जनाले ९–९ गोल गरेका छन् । यो युरो कपमा रोनाल्डोले गोल गरेमा एकल रुपमा उनी शीर्ष स्थानमा रहने छन् । नेप्लेजबाट

ad
ad ad