ad

प्रमोदको स्वरमा ‘भाग्य कसले देखेको छ’ सार्वजनिक (भिडियोसहित)

मङ्गलबार, बैशाख २१ २०७८
image

काठमाडौं : गायक प्रमोद खरेलको स्वरमा ‘भाग्य कसले देखेको छ’ गीत सार्वजनिक भएको छ । म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सोमबार ‘भाग्य कसले देखेको छ’ म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

सन्तोष केसीको शब्द रहेको सो गीतमा केसी स्वयंले संगीत भरेका छन् । 

उक्त म्युजिक भिडियोमा वर्षा राउत, विक्रम बुढाथोकी, आर्य तामाङ र सन्तोष केसीको अभिनय देख्न पाइन्छ ।

क्रान्ती केसीले निर्देशन गरेको सो म्युजिक भिडियोमा दुर्गा पौडेलको छायांकन रहेको छ । म्युजिक भिडियो क्रान्ती केसीले नै सम्पादन गरेका हुन् ।

गीतलाई दर्शकले रुचाएका छन् । गीत रिलिज गरिएको २४ घण्टा नबित्दै ८९ हजार जनाले हेरेका छन् ।

ad
ad ad