ad

कर्णालीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

सोमबार, जेष्ठ ३ २०७८
image

काठमाडौं : कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । दुवै मन्त्रीलाई सोमबार प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन् ।

नवनियुक्त आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्री सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिए । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम आइतबार साँझ मन्त्री नियुक्त गरेको थियो । 

आन्तरिक मामिला मन्त्री नेपाली र आर्थिक मामिला मन्त्री शर्माले सोमबार नै पदभार ग्रहण गरेका छन् । सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैले सम्हालेका छन् ।

ad
ad ad