ad

कोरोना त्रास : राष्ट्रिय जनगणना रोकियो

मङ्गलबार, बैशाख २१ २०७८
image

काठमाडौं : सरकारले राष्ट्रिय जनगणना २०७८ स्थगित गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १२औं राष्ट्रिय जनगणना स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस तीव्र गतिले बढिरहेका बेला घरघरमा पुगेर जनगणना गर्न अवस्था प्रतिकूल भएको देखाउँदै सरकारले जनगणना राष्ट्रिय अभियानका निर्धारित कार्यक्रम तत्कालका लागि रोक्ने निर्णय गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेका अनुसार मन्त्रिपरिषद् बैठकले स्थगित गर्ने निर्णय गरेको जनगणनाको काम महामारी कम भएपछि फेरि अघि बढ्नेछ ।

केन्द्रीय तथ्यांक विभागले जेठ २५ देखि असार ८ गतेसम्म जनगणनाको तथ्यांक संकलन गर्ने तयारी गरेको थियो ।

त्यसका लागि देशभर सुपरिवेक्षकको तालिम चलिरहेको थियो । यो तालिम पनि मन्त्रिपरिषद्को निर्णयसँगै रोकिएको छ । 

ad
ad ad