ad

दासढुंगा दुर्घटनाकाे बयान गर्दै ५ लोकप्रिय गीत (अडियोसहित)

सोमबार, जेष्ठ ३ २०७८
image

काठमाडौं : नेकपा एमालेका तत्कालिन महासचिव मदन भन्डारीको दासढुंगा दुर्घटनामा निधन भएको २८ वर्ष पूरा भएको छ । 

विसं २०५० जेठ ३ गते तत्कालिन  महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुंगामा  जीप दुर्घटनामा परी निधन भएको थियो ।

पोखराबाट सभा सम्पन्‍न गरेर चितवन आउँदै गर्दा दुई नेता चढेको जीप चितवनको दासढुङ्गा भन्‍ने स्थानबाट त्रिशुली नदीमा खसेको थियो । 

सोही घटनाबारे केही गीतहरु पनि बजारमा उपलब्ध छन् । बिमा कुमारी दुरा, शिव  आले, पवित्रा थापा, लोचन भट्टराई र बम बहादुर कार्कीको स्वरमा ५ वटा गीत युट्युबमा सुन्न पाइन्छ ।

म्युजिक नेपालले आफ्नो अफिसियल युट्युब च्यानलमा उक्त ५ गीतकाे संगालो राखेको छ ।

उक्त गीति संगालोमा '‍घटना हो ५० साल', 'ढुंगे साँघु', 'कुहिरो लाग्यो', 'झल्को लाग्छ के के' र 'बाटाघाटा दायाँ बायाँ भन्थे' नामक गीतहरु उपलब्ध छन् ।

यी सबै गीतमा दुरा, आले, थापा, भट्टराई र कार्कीकै स्वर रहेको छ । यी गीतमा बम बहादुर कार्की र दामोदर घिमिरेको शब्द रहेको छ भने संगीत पनि कार्की र घिमिरेकै रहेको छ ।

यी सबै गीतहरु मदन भण्डारी र जीवराज आश्रितका बारेमा बनाइएका गीतहरु हुन् । सुन्नुहोस् गीत :

ad
ad ad