ad

मदन–आश्रित स्मृति दिवस मनाइँदै

सोमबार, जेष्ठ ३ २०७८
image

काठमाडौं : जेठ ३ गते अर्थात् मदन–आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा  जीप दुर्घटनामा परी निधन भएको २८ वर्ष पूरा भएको छ ।

उक्त दिनको सम्झनामा नेकपा एमालेले हरेक वर्ष कार्यक्रम आयोजना गरी दुवैले दिएको योगदानको स्मरण गर्दै स्मृति दिवस मनाउँदै आएको छ ।

एमालेले देशभर मदन–आश्रित स्मृति दिवस मनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुस्थित पार्टी मुख्यालय पुगेर त्यहाँ रहेको मदन–आश्रित शालिकमा माल्यापर्ण गरेका थिए  ।

पोखराबाट सभा सम्पन्‍न गरेर चितवन आउँदै गर्दा दुई नेता चढेको जीप चितवनको दासढुङ्गा भन्‍ने स्थानबाट त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जीप चालक अमर लामा भने जीवित थिए ।

लामाको पनि २०६० सालमा हत्या भएपछि घटना थप रहस्यमय बनेको थियो । त्यसपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।

ad
ad ad