ad

बैतडीमा शव बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु

मङ्गलबार, बैशाख २१ २०७८
image

बैतडी : बैतडीको पंचेश्वरमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

पंचेश्वर–६ का वडा सदस्य गोबिन्द सिंह भण्डारीको सोमबार राति चट्याङ लागेर मृत्यु भएपछि उनको शब बोकेर सदरमुकाम आउँदै गरेको से १ ज १८३ नं को जिप दुर्घटनामा परेको हो ।

जिप देहिमाण्डौ–गिरेगडा सडकको पंचेश्वर–६ स्थीत गडमेश्वर मन्दिर नजिक दुर्घटना भएको प्रहरीले बताएको छ । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

ad
ad
ad