ad

बार्सिलोना ला लिगा तालिकाको दोस्रो स्थानमा उक्लियो

एजेन्सी
मङ्गलबार, चैत्र २४ २०७७
image

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

सोमबार राति भएको खेलमा रियल भालाडोलिडमाथि १–० गोल अन्तरको जित दर्ता गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

योसँगै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दूरी एकमा पनि झार्न सफल भयो ।

२९ खेलबाट एट्लेटिको मड्रिडको ६६ अंक हुँदा बार्सिलोनाले समान खेलबाट ६५ अंक बनाएको छ ।

बार्सिलोनाविरुद्ध बहादुरीपूर्ण प्रदर्शन गरेको भालाडोलिडले अन्तिमसमम गोल गर्नबाट रोकेको थियो ।

तर, निर्धारित समय सकिन थोरै समय बाँकी रहेका बेला ओस्मन डेम्बेलेले गोल गरेपछि बार्सिलोनाले तीन अंक लिन सफल भयो ।

ad
ad ad