ad

बेलायतका लागि म्यानमारका राजदूतलाई दूतावास प्रवेशमा रोक

बिहीबार, चैत्र २६ २०७७
image

एजेन्सी : बेलायतका लागि म्यानमारका राजदूतलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ ।  सैनिक सत्ताका प्रतिनिधि बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई बुधबार आफ्नै राजदूतावासभित्र प्रवेशमा रोक लगाएका हुन् ।

राजदूत क्यए वार मिनले आफूलाई कार्यालय प्रवेशमा रोक लगाएको र म्यानमारको सैनिक सत्ताका सहयोगीहरुले कर्मचारीहरुलाई पनि दूतावास छोड्न भनेको बताएका छन् ।

म्यानमारको सेनाले गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो । त्यसयता म्यानमारमा प्रदर्शन हुँदै आएको छ र सुरक्षाकर्मीले बल प्रयोग गरेका छन् ।

राजदूत मिनले सैनिक सत्ताका प्रतिनिधिले आफूलाई ‘तिमी देशको प्रतिनिधि रहेनौ’ भनेको बताएका छन् । उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भनेका छन्, ‘मलाई कार्यलय प्रवेश गर्न दिइएन, बाहिरै राखियो ।’

सैन्य कू को विरोध गर्दै राजदूत मिनले नियन्त्रणमा लिइएकी नेतृ आङ साङ सूकीसहितको रिहाइको माग गरेका थिए ।

ad
ad ad