ad

लाप्राकवासीलाई एनआरएनले दियो नयाँ घर (फोटो फिचर)

ग्लोबल नेप्लिज संवाददाता
बिहीबार, बैशाख ९ २०७८
image

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको लाप्राकमा निर्माण गरेको एकीकृत नमुना बस्ती स्थानीय लाभग्राहीलाई हस्तान्तरण गरेको छ ।

No description available.

विहीबार लाप्राकमा एक कार्यक्रम गरी वस्ती हस्तान्तरण गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा एनआरएनले घरधनीहरुलाई घर प्रदान गरेको हो ।

No description available.

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको लाप्राकमा एनआरएनएले ५७३ वटा घर निर्माण गरेको छ । योसँगै स्थानीय तहले थप २९ वटा घर निर्माण गरेको छ ।

No description available.लाप्राक नमुना वस्ती निर्माण परियोजनाका संयोजक एवम् एनआरएन उपाध्यक्ष सोनाम लामाले घरधनीहरुलाई जग्गाधनी प्रमाणपूर्जा प्रदान गरिएको बताए । एनआरएनकै महत्वाकांक्षीय परियोजनाका रुपमा लिइएको लाप्राक बस्ती निर्माण पूर्वनिर्धारित समयभन्दा करिव दुई वर्ष ढिला गरी सकिएको हो ।

No description available.

घरसँगै सामुदायिक भवन पनि निर्माण गरिएको छ । आधारभूत सबै सेवासहितको वस्ती निर्माणमा करिव साठी करोड खर्च भएको बताइएको छ ।

No description available.

वस्ती हस्तान्तरण कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघद्वारा निर्मित वस्ती हस्तान्तरण गर्न पाउँदा आफूँलाई खुसी लागेको बताउँदै यसमा संघका सम्पूर्ण सदस्यहरुको तन, मन र धनको लगानी परेको बताए ।

No description available.

भूकम्पको केन्द्र बिन्दु बारपाक नजिकैको गाउँ लाप्राक भूकम्पका कारण पूर्ण रुपमा क्षतिग्रस्त बनेको थियो । पहिले फरक फरक शैलीका घरहरु भए पनि संघले निर्माण गरेको नमुना वस्तीमा भने एकै किसिमका घरहरु रहेका छन् ।

No description available.

कार्यक्रममा एनआरएनएका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

No description available.

No description available.

ad
ad ad