ad

ज्ञानेन्द्र मल्ललाई पितृशोक

बिहीबार, बैशाख १६ २०७८
image

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृ शोक परेको छ ।

ज्ञानेन्द्रका पिता रामकृष्ण मल्लको आज बिहान करिब नौ बजे भीमशेनस्थानस्थित निवासमा ७८ वर्षको उमेरमा निधन भएको हो ।

उनको टेकु दोभानमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी लामो समयदेखि दम रोगबाट पीडित थिए । स्वर्गीय राम कृष्ण मल्लका चार छोरा र दुई छोरी छन् ।

ad
ad ad