ad

आईपीएलमा राजस्थान राेयल्स ६ विकेटले विजयी

एजेन्सी
आइतबार​, बैशाख १२ २०७८
image

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले दोस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा राजस्थानले कोलकता नाइटराईडर्सलाई ६ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १३४ रनको लक्ष्य कोलकताले मात्र ४ विकेट गुमाएर सात बल बाँकी छर्दै पुरा गरेको थियो ।

राजस्थानको जितमा कप्तान सन्जु सामसनले नटआउट ४२ रनको पारि खेल्दा डेभिड मिलर पनि २४ रनमा नटआउट रहेका थिए ।

यसैगरी यजश्वी जयसवाल र शिबम दुवेले समान २२–२२ रन बनाएका थिए ।

कोलकताका लागि वरुण चक्रवर्तिले दुई विकेट लिँदा शिबम माभी र प्रसिद्ध कृष्णले एक एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको कोलकताले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

कोलकताका लागि राहुल त्रिपाठीले सर्वाधिक ३६ रन बनाउँदा दिनेश कार्तिकले २५ तथा नितिस राणाले २२ रनको योगदान गरे ।

कोलकताको पारिलाई ध्वस्त पार्ने क्रममा क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए ।

ad
ad ad