ad

नेपालले जित्यो त्रिकोणात्मक टी-२० सिरिजको उपाधि

शनिबार, बैशाख ११ २०७८
image

काठमाडौं : नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा द नेदरल्याण्ड्समाथि १४२ रनको जित निकाल्दै नेपालले प्रतियोगिताको उपाधि जितेको हो । 

द नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । 

नेपालले दिएको २ सय ३९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७ ओभर ७ बलमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो ।

नेपालको जितका लागि करण केसीले ३, सन्दीप लामिछानेले २ र कमलसिंह ऐरीले २ विकेट लिए । नेदरल्याण्ड्सको २ विकेट रन आउटको रुपमा गुमेको थियो । 

नेदरल्याण्ड्सका लागि ओपनर सेबास्टीयन ब्राटले सर्वाधिक रन बनाए । ओपनर म्याक्स डोडले २० र पिटर सिलरले १३ रन जोडे । त्यसबाहेक अन्य ८ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । 

समूह चरणको दुई खेलमध्ये पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध ९ विकेटको सानदार जित हात पारेको थियो । नेदरल्याण्ड्सविरुद्ध दोस्रो खेलमा २०६ रन बनाउँदा पनि ३ विकेटको हार व्यहोरेको नेपालले फाइलनमा पनि नेदरल्याण्ड्सविरुद्ध विशाल स्कोर बनाउन सफल भयो । समूह चरणको खेलमा बलिङमा देखाएको गल्ती फाइनलमा नेपालले सुधार गर्दा ठूलो अन्तरको जित हात पर्‍यो । 

समूह चरणमा मलेसियाविरुद्धको पहिलो खेलमा ९ विकेट र  दोस्रो खेलमा नेपालले ६९ रनको जित हात पारेको थियो । 

ad
ad ad