ad

प्रिमियर लिगमा क्रिष्टलको जीत 

एजेन्सी
मङ्गलबार, फागुन ११ २०७७
image

इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेस विजयी भएको छ ।

सोमबार राति भएको खेलमा क्रिष्टलले ब्राइटनमाथि २–१ गोल अन्तरको जीत दर्ता गरेको हो ।

क्रिष्टलका लागि जिन फिलिपे मोटेटा र क्रिष्टियन बेन्टेकले एक एक गोल गर्दा ब्राइटनका लागि जोएल भोल्टम्यानले एक गोल फर्काएका थिए ।

ब्राइटनको मैदानमा मोटेटाले गोल गर्दै पाहुना टोली क्रिष्टललाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको ब्राइटनले ५५ औं मिनेटमा बराबरी गरेको थियो ।

ब्राइटनका लागि भोल्टम्यानले गोल गरेपछि खेल एक एक गोलको बराबरीमा आएको थियो । तर, दोस्रो हाफको अरिक्त समयको पाँचौं मिनेटमा बेन्टेकले गोल गरेपछि क्रिष्टल स्पष्ट तीन अंक लिन सफल भयो ।

यो नतिजासँगै क्रिष्ट प्रिमियर लिगको तालिकामा ३२ अंक जोड्दै १३ औं स्थानमा छ भने पराजित भएको ब्राइटन २६ अंकका साथ सोह्रौ स्थानमा छ ।
 

ad
ad ad